एजेन्सी । यस वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

सोमबार नोबेल एसेम्बलीले स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरुलाई नाबेल पुरस्कार दिने घोषणा गरेको हो ।

‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण छ ।

हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त रु यो प्रश्नको उत्तर यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’, नोबेल एसेम्बलीले भनेको छ ।

डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् ।

उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ ।

नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा सोमबार गरिएको हो ।

 

सम्बन्धित खबरहरु