काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले जरुरी सूचना प्रकाशित भएको हो ।

त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले नतिजा प्रकाशित गरेको हो । थेसीस को नतिजा प्रकाशित गरिएको छ ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निर्णयानुसार पोस्ट ग्रयाज्यूट तहका निम्न रोल नम्बरहरुका थेसीस मा संलग्न भएका परीक्षार्थीहरुको परीक्षाफल सन्तोषजनक भएकोले सो को नतिजा प्रकाशित गरिएको छ ।’

यता त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन गरिरहेको छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।

सम्बन्धित खबरहरु