काठमाडौं । आफ्नै छोराका कारण बलिउड बादशाह शाहरुख खानका लागि खराब दिन सुरु भएको छ ।

ड्रग्स पार्टी केसको सिलसिलामा आज एनसिबी टीमले शाहरुख खानको घर ‘मन्नत’ मा छापा मार्ने तयारी गरेको खुलेको हो ।

वास्तवमा यदि कोही आरोपी पक्राउ पर्यो भने उसको घरमा पनि खोजतलास गर्ने कानूनी प्रावधान रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैको आधारमा एनसिबीले शाहरुखको घरमा छापा मार्न सक्ने सम्भावना देखिएको छ । किनभने यस प्रकरणमा शाहरुख खानका छोरा आर्यन खानलाई पक्राउ गरिएको छ ।

उनले आज जमानत पाउने सम्भावना निक्कै कम भएको बताइएको छ । आर्यनविरुद्ध एनसिबीले अन्य प्रमाण पनि फेला पारेको छ । जसकारण उनलाई पक्राउ गरि हिरासतमा राख्न सक्ने पनि सम्भावना देखिएको छ ।

एनसिबीले आज अदालतमा आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेंट र मुनमुन धमीचालाई पनि हिरासतमा राख्न माग गरेको छ ।

आज आर्यन खानका अभिवक्ता सतीश मानशिन्दे मुम्बईस्थित सेशन्स अदालतमा उनको जमानतका लागि निवेदन दायर गर्दैछन् ।

सम्बन्धित खबरहरु