काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिक आएसँगै चोरीका घटना बढ्न थालेका छन् ।

यो बीचमा सार्वजनिक सवारी भित्र पाकेटमारी गर्ने २०७ जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

परिसरले विशेष अभियान सञ्चालन गरी सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट महान चाँडै दशै तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन सक्ने पनि प्रहरीले जानकारी गराएको छ ।

नेपालीहरुको महान पर्व दशै तिहार हर्सोउल्लास मनाउन पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन काठमाडौको रिङरोड बाहिर र भित्रि क्षेत्रमा चल्ने सार्वजनिक यातायातहरु सपिङ्ग मल , मुख्य–मुख्य बजारहरुमा पाकेटमारी हुन सक्ने खत्तरा देखिएको छ । प्रहरीले मिति २०७८–०५–२५ गते देखी मिति २०७८–०६–१५ गते सम्म यातायात व्यवसायीहरुसंग सहकार्य गरेर सादा पोसाकका खटिएका प्रहरीहरुलाई यस्तो सफलता मिलेको हो ।

सादा पोसाकका प्रहरीलाई सार्वजानिक सवारी साधनमा यात्रा गराई तथा बजारहरुमा परिचालन गरी विभिन्न स्थानना सञ्चालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको सामानको सुरक्षा गरिएको हो ।

चोरहरुले नगद, मोबाइल, गरगहनालाई धेरै निशाना बनाउने गरेको खुलेको छ । पाकेटमारहरुले सार्वजानिक बसहरुमा कसरी चोरी गर्छन भन्ने कुरा पनि खुलेको छ ।

उनीहरु २/२ जनाको दरले ६ जना सम्मको समुह बनाई बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडीबाटट घेरावन्दीमा पारेर ठेलमठेलको अवस्था बनाई मौका मिलाएर मोबाइल, नगद र सुनचाँदी चोरी गरेर पालैपालो गरेर झर्ने गर्छन ।

प्रहरीले उनीहरुको कोड भाषा पनि पत्ता लगाएको छ । चोरहरुले प्रयोग गर्ने सांकेतिक भाषामा पैसालाई–द, मोबाइल–कान, पाकेटमारी पिडित–रामे, पाकेटमारी गर्ने (मास्टर)–काशी, पैसा धेरै छ–टानको द, पैसा थोरै छ–जुटको द, गाडी–कांचा, केटा–छापा, केटी–भद्रि, पुलिस आयो–ठुल्दाई आयो, ड्राईभर–माम, खलासी–मले , गाडीबाट झरेर भाग–टप्की, गाडीभित्र अगाडि सर–अकल जा, गाडी भित्र पछाडी सर–चिछल जाजस्ता शब्दहरु रहेका छन् । चोरीमा महिला पुरुष दुबै संलग्न रहने गरेका छन् ।

 

सम्बन्धित खबरहरु