काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा विचार नभएको बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित वुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘एमालेमा विचार छैन । सबै पद प्रतिष्ठामा लागेका छन् ।’

प्रचण्डले भन्नुभयो, ‘अहिले पार्टीमा गत्यारोध सिर्जना भएको छ । ‘क्लियारिटि’ छैन । समाजवादी क्रान्ति त भनिएको छ । २१ औं शताब्दीमा समाजवादी क्रान्ति नेपालमा कसरी गर्ने भन्ने स्पष्ट छैन ।

समाजवादी क्रान्तिका निम्ति कार्यनीति, तत्कालिन रणनीति, कार्यशैली कस्तो हुने भन्ने स्पष्ट छैन ।’ उहाँले हामीहरु सबै पद, प्रतिष्ठा, पैंसाको निम्ति गर्ने हो भने जनताले हामीलाई किन विश्वास गर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

आउँदो चुनावमा आफ्नो पार्टी एक नम्बरको हुने उहाँको दावी छ । उहाँले भन्नुभयो, एजेण्डाको हिसाबले हामी आगामि चुनावमा एक नम्बरको पार्टी हुनुपर्छ । हामी मार्क्सवादको पक्षमा स्वाधिनताको पक्षमा उभिनुपर्छ। आत्मसमर्पण र संशोधनवादको पक्षमा होइन ।’

उहाँले एमालेको विधान महाधिवेशनलाई लक्षित गर्दै माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने प्रपञ्च रचेको जिकिर गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘एमालेको कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने हो। प्रश्न माओवादी बचाउने कि नबचाउने भन्ने होइन । प्रश्न क्रान्तिको पक्षमा उभिने कि नउभिने हो। माओवादी जागरुक भएर अघि बढ्ने हो भने देश बच्छ। ’

ओलीबाहेक गैर माओवादीसँग पनि एकता
प्रचण्डले केपी ओलीबाहेक अन्य पार्टीसँग एकताको कुरा अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो गैर माओवादी पनि ध्रुविकरणको पक्षमा छन् । हामी एक नम्बरको पार्टी बन्छौं। ’ एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले ठगहरुलाई राम्रोसँग चिन्ने मौका पाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘झुट बोलेर ठगहरु चिनेर आइयो । ठगहरुले भ्रम दिँदा घृणा हुन्छ।’ उहाँले भन्नुभयो, ‘एक्लै भए भन्नुको अर्थ गुट भत्काउनुपर्छ भनेको हो । पार्टी एक ढिक्का हुनुपर्छ । क्रान्तिकारी पार्टी बनाउने भनेको हो।’

सम्बन्धित खबरहरु