काठमाडौ । अमेरिकाको विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त डा. तुलसी आचार्यको उपन्यास ‘मोचन’ सार्वजनिक भएको छ।

नेपाली साहित्य आकाशमा चिरपरिचित आचार्यको उपन्यास चर्चित आख्यानकार तथा सम्पादक राजन मुकारुङ, समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारीको र सञ्चारकर्मी टिकाराम यात्रीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सार्वजनिक भएको यो उपन्यास नेपाली साहित्य फाँटको उत्कृष्ट रचना हुनेमा उपस्थितहरु विश्वस्त देखिनुभयो ।

उक्त कार्यक्रमा बोल्दै प्राध्यापक ज्ञानु अधिकारीले यो उपन्यास पाठकमैत्री उपन्यास रहेको बताउनुभयो ।

उपन्यासमा पुरुष मनोद्धन्द्धलाई राम्रोसँग केलाएको बताउँदै पुरुष पात्र नायक भए पनि उपन्यासमा नारी पात्रलाई आँटिली र संघर्षशील बनाएको उल्लेख गर्नुभयो ।

त्यसैगरी साहित्यकार तथा सम्पादक राजन मुकारुङले हामीले लेख्ने मात्रै आर्दश हो तर वास्तविक जीवन निकै डाँवाडोल रहेको उल्लेख गर्दै लेखकले इमानदारीपूर्वक जीवनका संगति र विसंगति प्रस्तुत गर्दै पात्रहरूको जटिल मनोविज्ञानलाई सरल भाषामा लेखिएको यो उपन्यासले पाठकको मन जित्ने दावी गर्नुभयो ।

त्यसैगरी समालोचक महेश पौड्यालले उपन्यासमा गालीको भरपूर प्रयोग भए पनि उपन्यास निकै पठनीय र रोचक रहेको बताउनुभयो ।

यो उपन्यासले पाठकले धेरै पृष्ठहरुमा आफूलाई नै पाउँनेछन् । मानव जीवनमा हुने घटनालाई कथामा अत्यन्तै सरल तरिकाले प्रस्तुत गरिएको छ ।

लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास ‘रनिङ फ्रम दि ड्रिम्ल्याण्ड’ पछिको दोस्रो हो।

उहाँको अंग्रेजी गैरआख्यान पुस्तक ‘सेक्स, जेण्डर र डिसेबिलिटि’ भन्ने पुस्तक पनि प्रकाशित छ।

उल्लिखित उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो। तपाईहरुलेपनि एक प्रति सुरक्षित राख्न सक्नुहुन्छ । जीवनका हरेक कालखण्डमा पढ्दा तपाईलाई छुट्टै आनन्द मिल्नेछ ।

 

सम्बन्धित खबरहरु