काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायले परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना प्रकाशित गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातक तह BICTE प्रथम सेमेष्टर नियमित तथा B.ED. (ICTE&SNE) आंशिकको २०७८ साल कार्तिक÷मंसिर महिनामा संचालन हुने परीक्षामा सम्मिलित हुन चाहने परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइनमार्फत भर्ने म्याद २०७८ साल असोज २० गतेसम्म थप गरिएको हुँदा सम्बन्धित सबैलाई सुचित गरिन्छ ।

तोकिएको समय अवधिभित्र परीक्षा फारम भर्न छुट भएका परीक्षार्थीहरुले २०७८ साल कात्तिक ४ गतेदेखि १० गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन फारम भर्न सक्नेछन् ।

सबै क्याम्पसहरुले आवेदन फारमवापत संकलित शुल्क एकल दस्तुरको हकमा २०७८ साल कार्तिक ४ गतेसम्म एवं दोब्बर दस्तुरको हकमा २०७८ साल कार्तिक ११ गते सम्ममा यस संकायको बैंक खातामा जम्मा गरेको सक्कल भौचर को स्क्यान कपी अपलोड गरी आ–आफ्नो क्याम्पसका विद्यार्थीहरुले भरेको अनलाइन परीक्षा फारम रुजु र प्रमाणित गरिसक्नुपर्नेछ ।’

सम्बन्धित खबरहरु