काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि नेपाल सहित विश्वभर अनलाइन पठनपाठन अत्यन्तै प्रभावकारी बन्दै गएको छ ।

अहिले पनि नेपालका धेरै ठाउँहरुमा अनलाइन कक्षा सञ्चालन भइरहेका छन्, कतिपय ठाउँमा भौतिक रूपमा पनि कक्षाहरु सञ्चालन गर्न थालिएको छ ।

अनलाइन कक्षा सञ्चालनको समयमा भएका केही रोचक गल्तिहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनिरहेका छन् ।

कतिपय अवस्थामा प्रविधिको प्रयोग गर्न नजान्दा शिक्षक मजाकको पात्र बन्नुपर्यो । अर्कोतिर बोल्दाखेरि ध्यान नपुर्याउँदा पनि विद्यार्थी र शिक्षक दुबैले लज्जास्पद अवस्था भोग्नुपर्यो ।

त्यस्ता भिडियोहरु अहिले पनि सामाजिक सञ्जालमा खुबै भाइरल हुँदैछन् । यो बीचमा एक नयाँ भिडियो बाहिर आएको छ, जसमा एकजना म्यामले विद्यार्थीहरुलाई बेबी भनिरहेकी छिन् ।

यो नेपालको भिडियो होईन । भारतको फिजिस्कवाला नामको युट्यब च्यानलमा अनलाइन पढाइरहेकी अनुस्का म्यामले विद्यार्थीहरुलाई बेबी भनेर सम्बोधन गरेकी हुन् ।

त्यसपछि उनले आफुले पनि कहिलेकाँही गलत शब्द प्रयोग गर्न सक्ने भन्दै विद्यार्थीहरुलाई जवाफ फर्काइन् । उनी मेबी अर्थात सायद भन्न चाहान्थिन् । त्यसपछि उनले पुनः बेबी भनेर सम्बोधन गरिन् ।

दोस्रो पटक भने उनीसँग कुनै कारण थिएन् । उनले विद्यार्थीहरुले कमेन्टमा बेबी लेखेर पठाएका कारण झुक्केर बोलेको जवाफ फर्काइन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा रमाइला रमाइला प्रतिकृयाहरु पनि आइरहेका छन् ।

 

सम्बन्धित खबरहरु