काठमाडौं । एक सानो विमान दुर्घटनामा पर्दा आधा दर्जन भन्दा धेरैको मृत्यु भएको छ ।

इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको हो ।

सो विमान निजी र सानो रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो ।

समाचार अनुसार घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो । सो जहाजका चालक, सहचालकसहित अन्य छ जना यात्रुको दुर्घटनामा परेर मृत्यु भएको समाचारमा जनाइएको छ ।

सो जहाज दुर्घटनमा परेर मृत्यु हुनेमा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चा पनि भएको जानकारी गराइएको छ ।

त्यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै डराएका थिँए ।

प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्यामा उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु