काठमाडौं । नेपालसँग सीमा जोडिएको भारत, उत्तर प्रदेश राज्यमा किसानहरुको नरसंहार गरिएको छ ।

उत्तर प्रदेशको लखीमपुरमा झण्डै दर्जन व्यक्तिहरुको मृत्यु भएको र धेरै जना घाइते भएको उल्लेख गरिएको छ । त्यसपछि त्यहाँ गएकी कांग्रेस महासचिव प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेशको लखीमपुर खेरी जाने क्रममा उत्तर प्रदेश प्रहरीले उनलाई हिरासतमा लिएको जानकारी दिइएको छ ।

त्यसपछि प्रियंकालाई सीतापुरको गेस्ट हाउसमा राखिएको छ । प्रियंका गान्धीको एउटा भिडियो गेस्ट हाउस बाट बाहिर आयो, जसमा उनी कोठा सफा गरीरहेकी छिन् ।

प्रियंकाले कुचोको प्रयोग गरेर नजरबन्दको बिरोध गरेको पार्टीले जनाएको छ । कांग्रेसले प्रियंकाको सफाईको भिडियो ट्वीट गर्दै भनेको छ, ‘यो अन्नदाताको अधिकारको लागि संवैधानिक अधिकारको रक्षाको लागि अनशन हो ।

भारतीय जनता पार्टी (भाजपा) सरकार हाम्रो लोकतान्त्रिक र संवैधानिक अधिकारलाई कुण्ठित गर्न सक्दैन । अधिकारको लडाई गान्धीजीको मार्गमा जारी रहनेछ ।’ प्रियंकाका पति रोबर्ट वाड्राले सीतापुरमा प्रियंका गान्धी सरकारको नजरबन्दमा भएकोबारे प्रश्न गरेका छन् । उनले भने कि प्रियंकालाई रोक्नेहरुसँग वारेन्ट थिएन ।

वाड्राले भने कि प्रियंकाको सोच धेरै बलियो छ र उनी पक्कै पीडित परिवारलाई भेट्नेछन् । लखीमपुर खेरी मा किसानहरु माथि कार चलाउनेलाई सजाय दिनु पर्छ । सरकारले पीडित परिवारलाई सहयोग गर्नुपर्छ । कांग्रेस महासचिव गान्धी आइतबार ज्यान गुमाएकाहरुको परिवारलाई भेट्न दिल्लीबाट लखनउ पुगिन् । केही समय पछि उनी लखीमपुर गइन् ।

प्रियंका बाटो बदलेर लखीमपुर जाँदै थिइन् । पछिल्लो जानकारी अनुसार राज्य सरकार र किसानबीच सहमति बनेको छ । सहमति अनुसारयोगी सरकारले मृतकका परिवारलाई भारु ४५ लाख र एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेको छ । घटनामा घाइते भएकाहरुलाई भारु १० लाख दिइनेछ । उत्तर प्रदेश एडीजी (कानून र व्यवस्था) प्रशान्त कुमारका अनुसार सरकारले घटनामा ज्यान गुमाएका ४ किसानका परिवारलाई ४५ लाख रुपैयाँ र उनीहरुको परिवारका एक सदस्यलाई सरकारी जागिर दिनेछ । सो घटनामा घाइते भएकाहरुलाई १० लाख दिइनेछ ।

एडीजीले भने कि किसानहरुको उजुरी र लखीमपुर खेरी घटनाको एक उच्च न्यायाधीशद्वारा छानबिनको आधारमा एफआईआर दर्ता गरिनेछ । आइतबार लखीमपुर खेरीमा भएको घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भैसकेको छ ।

राजनीतिक दलहरुले उत्तर प्रदेश सरकारमाथि दबाब बनाउन थालेका छन् । सबै प्रकारको दबाब पछि, योगी सरकार पछाडि हट्नु परेको हो । आज बिहान मुख्यमन्त्री योगीले आफ्नो निवासमा उच्च स्तरीय बैठक पनि बोलाएका थिए ।

सम्बन्धित खबरहरु