काठमाडौ । सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो।

ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ। तामाङ पूर्वएमाले सभासद पनि हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो।

उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिनुभयो । ‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन आजै दर्ता भएको हो,’ सिंहले भन्नुभयो, ‘यसबारे विस्तृतमा आज जानकारी दिइने छ।’ प्रहरीले पत्रकार सम्मेलन नै गरेर जानकारी दिने तयारी गरिरहेको छ ।

सम्बन्धित खबरहरु