काठमाडौ । नेपाल राष्ट्र बैंकले भर्खरै आजको विनिमयदर प्रकाशित गरेको छ ।

प्रकाशित विनिमयदर अनुसार आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको मूल्य बृद्धि भएको छ ।

सोमबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य ११८ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १३७ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३७ रुपैयाँ ८६ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य १३७ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा रहेकोमा आज एकको खरिदमूल्य ८६ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ७२ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेकोमा एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेकोमा आज एकको खरिदमूल्य ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
हेर्नुस् विस्तृतमा

सम्बन्धित खबरहरु