काठमाडौ । विश्वभर बन्द भएको फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुनः सुचारु भएको छ ।

डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्धको सामना गरेको हो ।

हिजो साँझ देखि बन्द भएको फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो ।

यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए । आज बिहान ५ः३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका छन् ।

उनले भनेका छन् हामीले धेरै समयपछि लामो समय अबरुद्धको सामना गर्नु परेको छ । यसबाट प्रयोगकर्ताहरुसँग माफी चाहान्छु । उनले किन अबरुद्ध भयो भनेर खुलाएका छैनन् ।

 

सम्बन्धित खबरहरु