काठमाडौं । बलिउड अभिनेत्री नेहा धुपिया आमा बनेकी छिन् । उनले आइतबार छोरालाई जन्म दिएको उनका श्रीमान् तथा अभिनेता अंगद वेदीले जानकारी दिएका छन् ।

तीन वर्षअघि पहिलो पटक छोरीकी आमा बनेकी नेहा र अंगदको यी दोस्रो सन्तान हुन् ।

द इन्डियन एक्सप्रेसका अनुसार अंगदले सामाजिक सञ्जालमार्फत् खुसी साट्दै भगवानको कृपाले हामी छोराको अभिभावक बनेका छौं । बच्चा र नेहा दुबै पूर्णरुपमा स्वस्थ छन् भनेर लेखेका छन् ।

भगवानको कृपा रहोस् भन्दै उनले श्रीमती नेहालाई धेरै–धेरै धन्यवाद पनि दिएका छन् । उनले अब हामी चार जना मिलेर यो यात्रा स्मरणीय बनाउनु पर्छ भनेर पनि लेखेका छन् ।

मोडलिङ हुँदै बलिउड पुगेकी नेहाले जुली, शीशा, कयामतलगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छन् ।

अंगद चर्चित फिल्म ‘गुन्जन सक्सेना’मा देखिएका थिए । उनले बच्चाको फस्ट लुक सार्वजनिक गरिसकेकी छिन् । बच्चामा सबैले प्रशंसाको बर्षा गराएका छन् ।

सम्बन्धित खबरहरु