काठमाडौं । नेपालसहित विश्वभर फेसबुकका सेवाहरु सुचारु भएका छन् । आज बिहान ५ बजेतिर फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सञ्चालनमा आएका हुन् ।

यो बीचमा फेसबुकका मालिक मार्क जुकरबर्गले झण्डै ७ अर्ब डलर गुमाउनुपर्यो ।

यो सँगै उनी विश्वको पाँचौ धनि व्यक्तिबाट छैटौं स्थानमा झर्नुपर्यो । सोमबार राती करिब ९ः३० बजेदेखि सबै सर्वरहरु बन्द भएका हुन् । जसकारण विश्वभर भएका अर्बौ प्रयोगकर्ताहरुले धेरै समस्या भोग्नु परेको थियो ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम दुबै डेस्कटप र स्मार्टफोनमा काम गरिरहेका थिएनन् । यो समस्या एन्ड्रोइड, आईओएस र वेब प्लेटफर्ममा देखिएको थियो ।

धेरै मानिसहरु ह्वाट्सएपले काम नगरेको बारेमा गुनासो गरेका थिए । सोही समस्या इन्स्टाग्रामसंग भयो । त्यसकारण, प्रयोगकर्ताहरुले इन्टाग्राम प्रयोग गर्न पाइरहेका थिएनन् ।

त्यस भन्दा पहिले पनि यस्ता खालका समस्याहरु आइसकेका छन् । तर यस पटक लामो समय समस्या देखियो ।

सेवा सञ्चालनमा आएपछि जुकरबर्गले भनेका छन, ‘फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर अब अनलाइन फिर्ता आउँदैछन् । आज भएको अवरोधको लागी माफ गर्नुहोस् । मलाई थाहा छ, तपाईंको सेवाहरुमा कती भर पर्नु हुन्छ ?’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु