काठमाडौ । दशैँको मुखमा यात्रुहरुको चाप उच्च छ । लकडाउनका कारण थन्किएका विमानहरु अहिले कमाउन भ्याई नभ्याई गरिरहेका छन् ।

विमानलाई राम्रोसँग मर्मत तथा चेकजाँच नगरी उडान भर्दा धेरै विमानमा खराबी आइरहेको छ ।

बुद्ध एयरको विमानमा खराबी आएको केही दिनपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो ।

जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । यो स्थानबाटपनि थप अनियन्त्रित भएको थियो भने आज ठूलो दुर्घटना हुने थियो ।

 

सम्बन्धित खबरहरु