काठमाडौं । गम्भीर प्रकरणमा संलग्न भए पूर्वसांसद पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको हो ।

ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ उहाँलाई पक्राउ गरिएको हो ।

नेकपा एमालेका पूर्वसांसद तामाङ ठगीको आरोपमा पक्राउ गरिएको हो । उहाँसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो ।

एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि ४६ करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको आरोप लागेको छ । ७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका थिँए ।

सम्बन्धित खबरहरु