काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३ सय रुपैयाँमा कारोबार हुँदैछ ।

आज सुनको मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो । अर्कोतिर तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ ।

मंगलबार ९आज० चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ । नेपालमा सुनचाँदीको मुल्य निरन्तर तलमाथि भइरहेको छ ।

सोमबार सुनको मूल्य स्थीर रहेको थियो । सोमबार पनि छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो । आइतबार÷सोमबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम थियो ।

महासंघका अनुसार तेजावी सुन सोमबार प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार-सोमबार चाँदी तोलामा १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको थियो ।

सम्बन्धित खबरहरु