काठमाडौं । चर्चित बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गर्नुभएको हो ।

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको प्रतिकृया दिनु भएको छ ।

उहाँले सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नु भएको छ, ‘मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु ।’

वास्तवामा उहाँ फिल्म ‘उचाई’ को सुटिङका लागि नेपालमा हुनुहुन्छ । उहाँसँगै बलिउडका तीन कलाकार नेपाल आउनु भएको छ । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ पुग्नु भएको हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको जानकारी दिनुभयो ।

टोली सोमबार काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम रहेको छ ।

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ । यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन ।

सम्बन्धित खबरहरु