काठमाडौं । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक करण भएको छ । इटहरी उपमहानगरपालिका–८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सो करणी भएको हो ।

तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गर्यो । ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषबाट करणी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

जोडबलमा धान खेतमा लगेर उनीमाथि करणी गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो ।

करणीपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार पनि लिएर गएको खुलेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये चार जना १८ वर्ष मुनिका छन् । पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अर्का एक जना भने फरार रहेको थापाले बताउनुभयो । पक्राउ परेका सबैमाथि अनुसन्धान अघि बढाइएको छ । उजुरी लिएर ती महिला प्रहरीमा पुगेकी थिइन् ।

उनले दिएको हुलियाका आधारमा पाँच जनालाई पक्राउ गरिएको हो । पीडितको शारीरिक जाँचसमेत गरेर हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ ।

सम्बन्धित खबरहरु