काठमाडौं । चर्चित बलिउड अभिनेत्री यामी गौतम पछिल्लो महिना रिलिज भएको उनको फिल्म ‘भूत पुलिस’ को कारण चर्चामा छिन् ।

यस फिल्ममा सैफ अली खान, अर्जुन कपूर र ज्याकलिन फर्नांडीज पनि उनीसँग मुख्य भूमिकामा छन् ।

अहिले भर्खरै यामी गौतमले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेकी छिन्, जसको कारण उनी पुनः चर्चाको कारण बनेकी हुन् ।

पोस्टमा, उनले आफूसँग भएको एक गम्भीर रोगबारे खुलासा गरेकी छिन् । उनलाई कहिल्लै निको नहुने छालासम्बन्धि रोग (केराटोसिस पिलारिस) छ ।

अभिनेत्री यामी गौतमले पोस्टमा आफ्नो पछिल्लो फोटोशूटका केहि तस्विरहरु सेयर गर्दै लेखेकी छिन्, ‘नमस्ते मेरो इन्स्टा परिवार । मैले भर्खरै मेरा केहि फोटोहरु क्लिक गरेकी छु ।

मैले मेरो छालाको केराटोसिस पिलारिस लुकाउन प्रोडक्शनकहाँ मेरा तस्विरहरु पठाएकी थिँए, जुन एक सामान्य प्रक्रिया हो ।

त्यसपछि मैले सोचे कि यामी तँ यो सत्य किन स्वीकार गर्न सक्दिनस् रु जसले यस छालाको समस्याको बारेमा सुन्नुभएको छैन, तपाईंहरुलाई बताउ कि यो एक छाला को अवस्था हो । तपाईंको छालामा सानो–सानो दाना पाउनुहुन्छ ।

यामी गौतमले लेखेकी छिन्, ‘मैले यो समस्या किशोरावस्थामा महसुस गरेकी थिँए र यसको अझै कुनै उपचार छैन । मँ बर्षौंदेखि यसबाट पीडित छु र अब मैले मेरो डर र असुरक्षालाई हटाउने र मेरो कमजोरीलाई दुखाइ छोड्ने निर्णय गरेकी छु ।

मेरो सारा हृदयले माया गर्ने र स्वीकार गर्ने साहस जुटाए । मैले यो सत्य तपाईंहरु सबैलाई बताउन साहस जुटाएकी छु । मलाई मेरो फोलिक्युलाइटिसलाई एयरब्रश गर्ने वा त्यो अंडर९आई वा शेप अपको आकार दिन मन लाग्दैन । अझै पनि, म सुन्दर छु । मेरो अद्भुत टीमलाई विशेष धन्यवाद ।’

प्रशंसकहरु बाट धेरै सेलिब्रिटीहरु यामी गौतमको यो पोस्टमा प्रशंसा गर्दै छन् । उनले आफ्नो कमजोरीलाई स्वीकार गरेको भन्दै धेरै तारिफ हुँदैछ ।

तपाईंलाई जानकारी गराउ कि केराटोसिस पिलारिस यस्तो छालाको समस्या हो, जसमा छालामा साना–साना दाना, पिम्पल्स र रिटेलनेस देखिन्छ । यो कपाल वा छालामा पाइने केराटिन प्रोटीनको कमीको कारण पनि देखिन्छ । त्यसले छालाको गहिरो पोर्स वा छिद्रलाई बन्द गर्दिन्छ ।

सम्बन्धित खबरहरु