काठमाडौं । साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्यको ज्यान लिएको प्रकरणमा नयाँ मोड आएको छ ।

सो मुद्दामा जिल्ला अदालत मोरङले गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको हो । मंगलबार जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिनुभयो ।

जन्म कैदको सजाय पाउनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी रहनु भएको छ । त्यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

सुन तस्करी र सनम शाक्य मृत्यु प्रकरणका मुख्य आरोपी गोरे रहेका थिए । फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य आरोपी प्रहरीहरुले सफाइ पाएका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरिएको हो । तर सुन कहाँ गयो अहिलेसम्म पत्ता लागेको छैन ।

राज्यले त्यति ठूलो परिणामको सुन नखोजी अभियोग मात्र पुष्टि गरेको छ । अदालतलेपनि त्यसलाई नै मात्र हेरेर फैसला गरेको छ ।

 

सम्बन्धित खबरहरु