काठमाडौं । ससुरालीका कारण एक व्यक्तिले जीवनत्याग गरेका छन् । भारत, हरियाणाको पानीपत जिल्लाबाट एक सनसनीपूर्ण घटना बाहिर आएको हो ।

जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हाम फालेर जीवनत्याग गरेका छन् ।

जीवनत्याग गर्नु अघि ती युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि गम्भीर आरोप लगाएका छन् ।

आफ्नो मृत्युको कारण श्रीमती र ससुराली नै भएको बयान उनले भिडियोमा दिएका हुन् । मृतक युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्, जसले जीवनत्याग गर्नु अघि एउटा भिडियो बनाएर भाइरल बनाएका थिए ।

उक्त भिडियोमा ती युवक आफ्नो मृत्युको लागि जिम्मेवार व्यक्तिहरुको नाम बताइरहेका छन् । भाइरल भिडियोमा मृतक वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।

मृत्यु भन्दा पहिले बनाइएको भिडियोमा ती युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’

त्यसपछि ती युवकले रेलको अगाडि दौडिएर जीवनत्याग गरेका हुन् । यस विषयमा जानकारी दिँदै जीआरपी स्टेशन इन्चार्ज राजकुमारले एक युवकले रेलको अगाडि दौडिएर आफै खसेको र मृत्यु भएको जानकारी दिएका छन् ।

उनको पहिचान वेदपाल छोरा जगदीश निवासी दीवानाको रूपमा भएको छ । यस प्रकरणमा १७४ को कार्यवाही गरी, प्रहरीले एक उजुरी दर्ता गरी मृतकको परीक्षणपछि आफन्तहरुलाई बुझाएको छ ।

स्टेशन इन्चार्जले भने कि मृतकका बुबाले मृतकको श्रीमती र ससुरालाई मृत्युको लागिगी जिम्मेवार ठहराएका छन् । अहिले प्रहरीले मुद्दा दर्ता गरी थप कारबाही सुरु गरेको छ ।

 

सम्बन्धित खबरहरु