काठमाडौ । सर्वोच्च अदालतले आज विधिशास्त्रीय मान्यता स्थापित हुने फैसला गरेको छ ।

अदालतको मानहानी सम्बन्धमा सर्वोच्चले भविष्यमा समेत स्थापित हुनेगरी फैसला गरेको हो ।

आजको फैसलामा न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित नहुने भनी विधिशास्त्रीय मान्यता स्थापित गरेको छ ।

सर्वोच्चको सात सदस्यीय वृहत पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रको विषयमा डा. गोविन्द केसीले दिएको अभिव्यक्ति जोडिएको मुद्दामा अदालतको अवहेलना नहुने ठहर गर्दै यस्तो फैसला गरेको हो ।

यसले अब अदालतसँग नागरिकको अनावश्यक डर कम हुने भएको छ ।

मंगलबार प्रकाशित उक्त मुद्दाको फैसलाको पूर्णपाठमा केसीको अभिव्यक्ति अशोभनीय भएपनि स्वच्छ सुनुवाइको प्रक्रिया अनुशरण नगरिएकाले अवहेलना ठहर हुन नसक्ने फैसला गरेको छ ।

गोपाल पराजुलीको प्रमाणपत्रको हकमा भने कान्तिपुर दैनिकका प्रकाशकदेखि संवाददातासम्मलाई अवहेलनामा कारवाही गर्न नमिल्ने फैसला गरेको छ ।

यसअघि सञ्चार माध्यमले समेत केही लेख्नासाथ अदालतको अवहेलनाको मुद्धा चलाउन कानून व्यवसायीहरुले हाउगुजी देखाउँदै आएका थिए ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ

सम्बन्धित खबरहरु