काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तह तथ्याङ्क शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त गर्न सकिने त्रिविले स्पष्ट पारेको छ । साथै त्रिविले परीक्षाफल सकेम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको बताउँदै छपाई तथा अन्य कुनै कारणबाट गल्भी भएको भए कार्यालयको मुल अभिलेखबाट सच्याइने जानकारी दिएको छ ।

नतिजा मन नपरेकाहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ । परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उर्तीण भएका छन् ।

जनबोली युबट्युब च्यानलका उत्कृष्ट भिडियोहरु छानेर हेर्नुहोस् ।

सम्बन्धित खबरहरु