काठमाडौं । गम्भीर अपराधमा संलग्न दुई महिलाहरु पक्राउ परेका छन् । ठगीमा संलग्न महिलाहरु पक्राउ परेका हुन् ।

दोलखा मेलुङ्ग गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने एक पुरुषलाई ठगी गर्नेहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडिवुटी बस्ने १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर पक्राउ परेकी हुन् ।

अर्की महिला काभ्रेपलान्चोक नमोवुद्ध–८ स्थायी घर भई हाल काठमाडौं, बानेश्वर बस्ने २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरिएको हो । उनीहरुले ति पुरुषलाई फोन गरेर विमानस्थल बोलाई ट्याक्सीमा राखेर ठगेका थिँए ।

महानगरीय अपराध महाशाखाका अनुसार ति पुरुषलाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा ख्वाउन लगिएको थियो । त्यहाँ पुगेपछि यूनिसा मगरले ति पुरुषसँग टिकटक बनाउन्छु भनेर ३७.०५ ग्रामको सुनको सिक्री लिएकी थिइन् ।

साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगेर यूनिसा मगरले सुनिता तामाङ र पुरुषलाई होटलको कोठा भित्र छोडेर सुनको सिक्री लिएर फरार भएकी थिइन् ।

त्यसपछि सुनिता तामाङ्ले आफ्नो रेड्मी कम्पनीको मोबाईल कोठामा छोडेर बाहिरबाट कोठा बन्द गर्दिएकी हुन् । उनले रु २ लाख ५० हजार बराबरको सुन लिई बार्गेनिङ्ग गर्ने कार्यमा संलग्न भएको प्रहरीले जानकारी दिएको छ ।

अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई काठमाडौं, गोंगबुबाट सोमबार पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रारम्भिक अनुसन्धान पश्चातस् ठगी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान एंव कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको छ ।

पुरुषको नाम विशेष कारणवश सार्वजनिक गरिएको छैन । उनीहरुले टिकटक स्टार भएको र लाईभबाट लाखौँ कमाई गरिसकेको भन्दै युवकलाई विश्वासमा लिएको देखिन्छ । टिकटकबाट लाखौँ कमाई भनेपछि के चाहिन्थ्यो आखिर केटा फसिहाल्यो ।

जनबोली युबट्युब च्यानलका उत्कृष्ट भिडियोहरु छानेर हेर्नुहोस् ।

सम्बन्धित खबरहरु