काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिभुवन विद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो ।

त्रिविले बि.एड. तह प्रथम सेमेष्टर परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ , ‘यस संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा आधारित बि.एड. तह प्रथम समेष्टरको २०७८ सालमा हुने BICTE नियमित तथा B.ED. ICT and SNE आंशिक परीक्षार्थीहरुको परीक्षा निम्नलिखित तालिका अनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

परीक्षा समय बिहान ११ बजदेखि २ बजेसम्म तोकिएको छ ।

साथै त्रिविले परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त महाशाखाा जानकारी गराउन अनुरोध गरेको छ ।

त्रिविका अनुसार प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र सम्पन्न गरी महाशाखामा पठाउनु पर्नेछ ।

जनबोली युबट्युब च्यानलका उत्कृष्ट भिडियोहरु छानेर हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=UiQJzgTZp0o

सम्बन्धित खबरहरु