काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा तालिका जारी गरेको हो । ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको परीक्षा तालिका सम्बन्धी सूचना जारी भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान , डीनको कार्यालय, परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन हुने स्नातकोत्तर तह

गणित, माइक्रोवायोलोजी, जैविकप्रविधि, वातावरण विज्ञान, प्रााणी शास्त्र, वनस्पति शास्त्र, तथ्यांक शास्त्र, जल तथा मौसम विज्ञान, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, वायोडाइभरसिटी एण्ड इन्भारोमेन्टल म्यानेजम्यान्ट, भूगर्भ शास्त्र, इन्जिनियरिङ्ग जियोलोजी, इन्भारोमेन्टल हेल्थ इन डिजास्टर र खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले विज्ञान तथा प्रविधि अन्धययन संस्थान अन्तर्गतकै चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष प्रथम शत्र–२०७७ समूहको परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित खबरहरु