काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिभुवन विद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो ।

त्रिविले अधिस्नातक तहको परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस संकाय अन्तर्गत २०७८ सालमा सञ्चालन हुने खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको अधिस्नातक तह (सामाजिक अध्ययन शिक्षा) प्रथम सेमेष्टरको परीक्षा निम्नलिखित तालिका अनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

परीक्षा समय बिहान ११ बजदेखि २ बजेसम्म तोकिएको छ । साथै त्रिविले परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त महाशाखाा जानकारी गराउन अनुरोध गरेको छ ।

त्रिविका अनुसार प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र सम्पन्न गरी महाशाखामा पठाउनु पर्नेछ । परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचल तोकिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले नै स्नातकोत्तर तहको परीक्षा बारेपनि सूचना निकालेको छ ।

त्रिविले स्नातकोत्तर तह (एम.एड) परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ । जारी सूचनामा भनिएको छ, ‘यस संकाय अन्तर्गत २०७८ सालमा सञ्चालन हुने खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको अधिस्नातक तह (विज्ञान शिक्षा) दोस्रो सेमेष्टरको परीक्षा निम्नलिखित तालिका अनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

परीक्षा समय बिहान ११ बजदेखि २ बजेसम्म तोकिएको छ । साथै त्रिविले परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त महाशाखाा जानकारी गराउन अनुरोध गरेको छ ।

त्रिविका अनुसार प्रयोगात्मक विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र सम्पन्न गरी महाशाखामा पठाउनु पर्नेछ । परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचल तोकिएको छ ।

सम्बन्धित खबरहरु