काठमाडौ । भारतीय नेतृत्वलाई प्रभु मानेका कारण नेपालमा सत्ता समिकरण बदलिएको आरोप खेपिरहेको नेपाली कांग्रेसले आरोपलाई बल पुग्ने प्रमाणहर दिइरहेको छ ।

नेपाली भूमिको रुपमा नक्सामा आएसकेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना नगराएर भारतलाई खुशी पारेको कांग्रेसले प्रभुका थप माग पूरा गर्न के–के हुन् त बुझ्न भारत नै जाने भएको छ ।

भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको हो ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् ।

नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने जानकारी दिनुभयो । भेटवार्तामा भारतको नेपालमाथी के–के माग हुन् बुझेर आउने अधिकार दिइएको श्रोतको दावी छ ।

गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभएको थियो ।

पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेको देखिन्छ । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतको दावी छ ।

भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।

 

सम्बन्धित खबरहरु