काठमाडौं । बहुप्रतिक्षीत मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा गर्दैछ ।

सर्वसाधारणका लागि कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहने ८१ लाख ९० हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको सेयरमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक ३ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविक ९बाह्रबिसे नगरपालिका ५, मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ छ ।

सम्बन्धित खबरहरु