काठमाडौं । हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन २० गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २१ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २२ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु