काठमाडौं । नेपालमा आज सुनको मुल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको हो ।

छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ ।

अर्कोतिर तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुँदैछ, जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ ।

यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

तपाईंलाई जानकारी गराउ कि अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खबरहरु