काठमाडौं । बुद्ध एयरको सुर्खेतमा ल्याण्ड हुन नसकेपछि आकाशमा नै घुमिरहेको छ ।

केही समय फन्का लगाएर अहिले नेपालगञ्ज डाइभर्ट भएको छ । काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो ।

बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान नेपालगञ्ज पुग्यो । सुर्खेतको आकाशमा तीन फन्को लगाएर विमान नेपालगञ्ज विमानस्थल फर्काइएको छ ।

विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिनुभयो ।

विमानमा अरु कुनै समस्या भने नदेखिएको जानकारी दिइएको छ । काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन नसकेको पाण्डेले जानकारी गराउनुभयो ।

ल्याण्ड गर्ने क्रममा एप्रोच नमिल्दा विमान नेपालगञ्ज गएको हो । मौसम खुल्ने वित्तिकै नेपालगञ्जबाट विमान पुनः सुर्खेत विमानस्थलमा ल्याण्ड हुने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु