काठमाडौ । नेपाली सेनाले दसैं बिदामा जाने सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। सेनाले आफनै सवारी साधनमा बिदामा जाने सैनिकलाई घरसम्म पुयाउने व्यवस्था गरेको जनाएको छ ।

सोमबारदेखि विजयादशमीको भोलिपल्ट एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको जङ्गी अड्डाले जनाएको छ ।

नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा सवारी साधनबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरुमा हवाई उडानबाट गन्तव्यमा पुरयाइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जनबोलीलाई बताउनुभयो ।

हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन् । यस्तै हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ । यस्तो छ तालिका

सम्बन्धित खबरहरु