काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रदेश –२ को समृद्धिको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ ।

नेकपा (एमाले) धनगडीमाई नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बुधबार सो कुरा बताउनुभयो ।

छिटो विकास हुने प्रदेशको रुपमा रहेको प्रदेश २ को विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेकोले यसको अन्त्य गर्न एमालले प्रदेशमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बेटी पढाऔ, बेटी बचाऔ’ अभियान चलाएको प्रदेश –२ सरकारले चार हजार पर्ने साइकल आठ हजारको विल देखाएर भ्रष्टाचार गरिरहेकाबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर राम्रो काम गरेको छ ।’

भ्रष्टाचारको पृष्टपोषण गर्ने गतिविधिलाई रोक्न नेकपा (एमाले) आवद्ध राष्ट्रिय युवा संघ नेपाल भ्रष्टाचार विरोधमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

नेता बस्नेतले थप्नुभयो, ‘प्रदेश –२ का जनतालाई गुमराहमा राख्ने कामले मधेशवादी दलको जनाधार कमजोर हुँदैगएको छ । आउने चुनावमा एमाले प्रदेशको ठूलो पार्टी बन्छ ।’

सम्बन्धित खबरहरु