काठमाडौ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरुको टुंगो लगाएको छ ।

आज तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभयो भने नेता नारायणकाजी श्रेष्ठले समर्थन गर्नुभयो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार भागबण्डामा मन्त्रालय टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।

यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भागमा परेको छ कसलाई कहाँ पठाउने भन्ने शीर्ष नेतालाई दिइएको छ ।

बैठकमा भन्नलाई मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनिसक्नुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु