काठमाडौ । बिहीबारदेखि नवरात्रि शुरु भएको छ । नवरात्रि पर्व स्त्री प्रकृति अर्थात देवीमा समर्पित छ ।

दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिका तीनवटा आयमहरुको प्रतिक हुन् । नवरात्रिका क्रममा हरेक दिन यी देवीका अलग अलग नौ रुपको पूजाआजा गरिन्छ । यी देवीहरु हुन् ।

शैलीपुत्री, व्रम्हाचारणी, चन्द्रघण्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरुलाई नवदुर्गाको नामले पुकारिन्छ ।

नवदुर्गा देवीलाई पञ्चबलि दिई आफ्नो भाकल पुरा गर्ने परम्परा छ । नवरात्रिका माछामासु, मापसे एवं शारीरिक सम्बन्ध बनाउन नहुने धार्मिक मान्यता छ । दुर्गा भवानीले काम, क्रोध, माया, मोह, माद, लोभ, अहंकार भन्दा परको मोक्षमय अनि दैविक ज्ञानको प्रतिनिधित्व गर्छिन् ।

नवरात्रिमा कलस स्थापनाका लागि के गर्ने ?

  • माटोको कलश बनाउने ।
  • सात किसिमको अन्न ।
  • पवित्र माटो
  • पानी ।
  • पान र सुपारी
  • जटा नरिवल
  • अक्षता
  • रातो कपडा
  • फूल र शृंगारको सामाग्री
  • आँपको पत्ता

घटस्थापना विधी

शरदीय नवरात्रिको पहिलो दिन अर्थात प्रतिपदा तिथिमा बिहान शुभ मुहूर्तलाई ध्यानमा राखेर घरको उत्तर पूर्व दिशामा कलश स्थापनाका लागि उपयुक्त हुन्छ ।

यो बर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजे अघि योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ । यसका लागि घरको उत्तर पूर्वी स्थान राम्ररी सरसफाई गर्नुपर्छ । घटस्थापना गर्ने स्थानमा शुद्ध जलले सफा गरेर त्यसमा सफा माटो विच्छ्याउनुपर्छ । त्यसमाथि कलस स्थापना गर्नुपर्छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

कलशमा पानी भर्नुपर्छ र त्यसमा एउटा सिक्का राख्नुपर्छ । कलशमा पवित्र स्थानको जल मिलाउनुपर्छ । । एउटा कचौरामा जौ भर्नुपर्छ । त्यसमाथि नरिवल राखेर रातो कपडाले लपेट्नुपर्छ ।

नवरात्रिको पहिलो दिन घटस्थापना गरिन्छ, जसलाई कलश स्थापना पनि भनिन्छ । पहिलो दिन घटस्थापनाको विशेष महत्व हुन्छ । प्रतिपदा तिथिमा कलश स्थापनाका साथै नौ दिनसम्म चल्ने नवरात्रिको पर्व आरम्भ हुन्छ ।

पहिलो दिन विधी विधानसहित घटस्थापना गरेर भगवान गणेशको वन्दनाका साथसाथै माताको पहिलो स्वरुप शैलीपुत्रीको पूजा, आरती, भजन गरिन्छ ।

उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्छ । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्छ । यस क्रममा सम्भव भएसम्म अखण्ड दिप बाल्नुपर्छ ।

 

सम्बन्धित खबरहरु