काठमाडौ । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनी मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताउनुभयो । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले भने हामी अनुशन्धान गरिरहेका छौ ।

प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन ।

प्रहरीले चतुर्वेदीको शवलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।

 

सम्बन्धित खबरहरु