काठमाडौ । नेकपा एमालेलाई ठूलो झड्का लागेको छ । नेता भानुभक्त जोशीले नेकपा एमाले परित्याग गर्नुभएको छ ।

पार्टी त्यागेर नेकपा ​एकीकृत समाजवादी प्रवेश गर्नुभएको हो ।

बिहीबार उहाँले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभयो । लगत्तै एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गर्नुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उहाँलाई स्वागत गर्नुभयो । उक्त अवशरमा अध्यक्ष नेपालले चुनावसम्म अधिकांश एमाले नेताहरु आफ्नो पार्टीमा आउँने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो मैले १४ बर्ष पार्टीको नेतृत्व गरे । अधिकांश कमरेडहरुका दुख सुख बुझेको छु । यसैले अधिकांश मेरो पार्टीमा आउँनुहुन्छ ।

ढिलो चाँडो त्यस्तै हो । कार्यक्रममा केही समयपछि ठूलो संख्यामा एमाले त्यागेर नेकपा एसमा आउने तयारी भइरहेको जानकारी दिइएको थियो ।

 

सम्बन्धित खबरहरु