काठमाडौ । संयोगपनि कस्तो । आज दशैँ शुरु भएको छ । घर–घरमा टाढा रहेका आफन्त समेत आइरहेका छन् ।

तर सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा रोदन छुट्यो । ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भयो ।

स्कुटी किनेको हप्तादिनपनि पूरा भएको थिएन । घुम्न निस्किएका उनी आफ्नो घर इनरुवा कहिलै नफर्किने बाटोमा गए । साथमा साथी समेत लिएर गए ।

मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका–२ का २० वर्षीय बिबिसन विक रहेका छन्।

बुधबार राति सवा ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाको को२०प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुबैलाई उपचारका लाथि न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्रक र चालक मकवानपुर मनहरी नगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन्।

यस्तै, धनकुटा पाख्रीबास नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर नगरपालिका–११ का १७ वर्षीय धनबहादुर पाठक रहेका छन्।

बुधबार दिउँसो भोजपुरबाट धरानतर्फ आउँदै गरेको बसको ढोका खोल्ने क्रममा उनी सडकमा खसेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु