काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

यसको लागि उहाँले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसक्नुभएको छ । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम सिफारिश भइसकेको छ । उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आजै नाम पठाउँदैछ ।

नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लागेको बुझिएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णय भएको छ । त्यस्तै, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी र किसान श्रेष्ठलाई मन्त्रीका लागि सिफारिश गर्ने बुझिएको छ ।

यद्यपी उनीहरुको नाम नेपालले राख्नुभएको छ निर्णय भने भइसकेको छैन बेठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु