काठमाडौ । भोजपुरको इर्खुवा खोलाबाट उत्पादन शुरु गरिने लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीमध्ये ७ लाख कित्ता सेयर बरावरको १० प्रतिशत सेयर, आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानियबासिन्दा र २० प्रतिशत अर्थात् १४ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको कम्पनीले जनाएको हो ।

यसैबीच इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल उक्त कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आइपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ ।

सम्बन्धित खबरहरु