काठमाडौं । नेपालीहरुको महान पर्व वडादशैं शुरु भएसँगै सबैलाई रामायणसँग सम्बन्धित रहस्यको बारेमा जान्न मन लाग्छ ।

यो विश्वास गरिन्छ कि आज पनि धेरै संकेत र रामायण र भगवान रामसंग सम्बन्धित कुराहरु श्रीलंकामा छन्, जसको बारेमा सबै जान्न चाहन्छन् ।

उक्त ठाउँले भगवान श्री राम र रावणसंग सम्बन्धित धेरै सत्य बताउँछ । नवरात्रिको अन्त्यपछि, दशैं दशौंमा मनाईन्छ, जसलाई विजयादशमी भनिन्छ । भगवान रामले दशमीको दिन रावणको वध गरेको विश्वास गरिन्छ ।

एक अनुसन्धानले दाबी गरेको छ कि आजको दिनमा पनि रामायणसंग सम्बन्धित लगभग ५० स्थानहरु छन् । अनुसन्धान अनुसार आज पनि रावणको लाश श्रीलंकाको पहाडमा बनेको गुफामा सुरक्षित छ ।

यो गुफा श्रीलंकाको रागलाको घना जंगलमा स्थित छ । भगवान श्री रामको हातबाट रावणको ज्यान गएको १० हजार वर्ष नाघेको छ । तर १० हजार पुराना रहस्यहरु आजका दिनमा पनि देख्न सकिन्छ ।

रावणको लाश राखिएको गुफा रागलाको जंगलमा ८ हजार फिटको उचाईमा रहेको छ । त्यहाँ रावणको शरीरलाई ममी बनाएर एक ताबूतमा राखिएको छ । लाशमा विशेष प्रकारको लेप लगाइएको छ, जसकारण यो हजारौं बर्षदेखि उस्तै छ ।

यो अनुसन्धान श्रीलंका को अन्तर्राष्ट्रिय रामायण अनुसन्धान केन्द्रद्वारा गरिएको हो । अनुसन्धान अनुसार रावणको लाश १८ फिट लामो र ५ फिट चौडा एक कफिनमा राखिएको छ । जानकारहरु सो कफिन मुनि रावणको अमूल्य खजाना (सम्पति) भएको विश्वास गर्छन् ।

त्यो खजानाको सुरक्षा एक भयंकर नाग र अन्य धेरै डरलाग्दा जनावरहरुले गर्छन् । यो विश्वास गरिन्छ कि जब भगवान रामले रावणको वध गरे, उनले अन्तिम संस्कारको लागी आफ्नो शरीर विभीषण लाई दिए ।

तर विभीषण सिंहासन ग्रहण गर्न हतारमा भएका कारण रावणको अन्तिम संस्कार गरेनन् र शरीर यथावत छोडेर निस्केका थिए । त्यसपछि नागकुलका मानिसहरु रावणको लाशलाई साथमा लिएर गए, किनकि उनीहरुलाई विश्वास थियो कि रावणको मृत्यु क्षणिक थियो, उनी फेरि जीवित हुनेछन् । तर त्यो भएको छैन ।

त्यसपछि उनीहरुले रावणको मृत शरीरलाई ममी बनाए, ताकि धेरै बर्षहरुको लागी सुरक्षित रहन सकोस् ।

अनुसन्धानमा रावणको अशोक वाटिका कहाँ थियो र उनले पुष्पक विमान कहाँ अवतरण गर्थे भन्ने कुरा पनि अध्ययन गरिएको छ । त्यसबाहेक, अनुसन्धानकर्ताहरुले भगवान हनुमानको पाईला पनि खोजेको दावा गरेका छन् । तर यी सबै कुराहरुको प्रामाणिकता उनीहरुले अझै प्रमाणित गर्न सकेका छैनन् ।

 

सम्बन्धित खबरहरु