काठमाडौं । नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएका भानुभक्त जोशीलाई नेकपा एसको स्थायी कमिटी सदस्य बनाइने भएको छ ।

नेकपा एसका नेता डा.गंगाधर तुलाधरले एमाले परित्याग गरी पार्टी प्रवेश गर्नुभएका जोशीलाई स्थायी कमिटी सदस्य बनाउन लागिएको बताउनुभयो ।

जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आजै नेकपा एसमा प्रवेश गर्नु भएको थियो । उहाँले एमालेमा दश बुँदै समझादारी कायान्वय गर्ने छाँट नदेखेपछि आफू नेकपा एसमा प्रवेश गरेको बताउनुभयो ।

पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा प्रवेश गर्नुभएको जोशी सबैभन्दा प्रभावशाली नेता हुनुहुन्छ । बिहीबार नै जोशीले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको छ ।

नेकपा एसमा प्रवेश गर्नुभएको जोशीले एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी दिनुभएको थियो ।

विसं. २०५१ सालको निर्वाचनमा बझान क्षेत्र नम्बर १ बाट जोशी प्रतिनिधिसभा सदस्यामा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उहाँ संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

सम्बन्धित खबरहरु