काठमाडौं । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई सय जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १५ हजार ९४२ जना छन् । पछिल्लो २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

सम्बन्धित खबरहरु