काठमाडौं । बिहीबार (आज) पनि मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएको हो ।

File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने बैठकबाट बाहिरिनु भयो ।

मन्त्रिपरिषद् विस्तारका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल जारी रहेको प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

जानकारी अनुसार नेकपा (एस) का अध्यक्ष नेपाल पार्टीको स्थयी कमिटीको बैठकमा सहभागी हुने भन्दै सत्ता गठबन्धनको बैठकबाट बाहिरिनुभएको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । सोही कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन सकेन् । अब शुक्रबार विस्तार हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु