बुटवल । कपिलवस्तुको गोरुसिंगे जंगलमा अज्ञात समूहले गोली हानेर ८ लाख रुपैयाँ नगद लुटेको छ ।

बुद्धभूमि नगरपालिका–१० स्थित तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार व्यक्तिमाथि गोली हानेर नगद लुटेर लगेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली हानेर उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

गोली हानेर भागेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद

पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको बिषाधी प्याकिङ्ग सामाग्री बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

सम्बन्धित खबरहरु