काठमाडौ । आज मन्त्रीमण्डल विस्तार हुने तयारी भएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ अचानक कम्पन आयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई हेपेको अब देखाउँछु भन्दै बालुवाटारबाट बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ता हल्लिएको हो ।

भागबण्डामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीलाई हेपेको भन्दै सत्तारुढ गठबन्धनमा बसिरहन नसक्ने भनेर झोक्किदै नेपाल बाहिरिनुभयो ।

उहाँले शक्तिशाली मन्त्रालय र धेरै मन्त्रालय कांग्रेस, माओवादीले राखेर आफूहरुको अपमान गरेको आरोप लगाउनुभयो ।

उहाँ अचानक बाहिरिएसँगै प्रधानमन्त्रीले फेरी फोन गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिने बचन दिनुभएको श्रोतको दावी छ ।

आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने बचन दिएको छ ।

सत्ता जोगाउन नेपालको बार्गेनिङ्ग खेप्नुपर्छ भन्दै प्रचण्डले देउवालाई सुझाएपछि फेरी माग पूरा गर्ने तयारी छ ।

अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । यो भएमा चित्त बुझाउन नत्र गठबन्धन नै तोड्ने नेपालको आक्रोशपछि फेरी समिकरण मिलेको हो ।

सम्बन्धित खबरहरु