काठमाडौ । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी दर्ता गराएका माधवकुमार नेपाल नेतृत्वको पार्टीको चुनाव चिह्न कलम हुने भएको छ ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उहाँले जानकारी दिनुभयो । बैठकले चार पदाधिकारी मनोनयन गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

साथै पार्टीको तर्फबाट मन्त्रालयमा जाने नामहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । पार्टी अध्यक्षले नै छानेर मन्त्री पठाउने अधिकारी दिइएको छ । नेपालले ६–६ महिना गरेर पार्टीका शीर्ष नेता सबैलाई मन्त्री बनाउँने बताउनुभएको छ ।

 

सम्बन्धित खबरहरु